प्रभुको साथ पाएपछि बीमा संस्थानका ग्राहकलाई अब झन् सजिलो

Feb 05, 2015 Mero Lagani



 

प्रभु बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सम्बन्धी कारोबारलाई अझै सहज पार्ने विषयमा सम्झौता भएको छ ।

प्रभु बैंक र बीमा संस्थानबीच बिहीबार भएको सम्झौताले सर्वसाधारणलाई बीमा संस्थानसँग बीमा गराएर पोलिसी लिन, प्रिमियम बुझाउन र सो सम्बन्धी कारोबार गर्न सहज बनाई दिएको छ । 

 

दुबै कम्पनीका प्रमुख कार्यकारीहरुबीचमा भएको सम्झौता अनुसार अब बीमा संस्थानका सेवाग्राहीले प्रभु बैंकका जुनसुकै शाखामा गई बीमा गराउन र त्यसको प्रिमियम तिर्न सक्नेछन् । प्रभु बैंकका छ लाख भन्दा बढी ग्राहकलाई लक्षित गरी यस प्रकारको सम्झौता गरिएको बीमा संस्थानका अधिकारीहरुले बताएका छन् ।

 

सरकारी स्वामित्व रहेकोबीमा संस्थान निर्जिवन बीमा कारोबारबाट छुट्टिएपछि जीवन बीमा गर्ने ग्राहक बढाउने अभियानमा आक्रामक रुपमा अगाडि आउन लागेको छ । हालै ग्राण्ड बैंकलाई आफुमा मिलाउने सम्झौता गरेको प्रभुसँग देशभर एक सय ३४ शाखा संजाल रहेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।