नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Nov 14, 2025 12:52 PM Merolagani



नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।

आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ। १ हजार रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँबराबरको यस ऋणपत्र दोस्रो बजारमा हिजोदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ। ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।