बिवाइडी सन् २०२३ मार्च १५ मा बेलायतको स्थानीय बजारमा प्रवेश गरेको थियो । स्थानीय बजारमा प्रवेश गरेको ३२ महिनामा बिवाइडीले कार बिक्रिमा महत्वपूर्ण सफलता प्राप्त गरेको हो ।

बिवाइडी सन् २०२३ मार्च १५ मा बेलायतमा अट्टो ३ (युआन प्लस) लाई लन्च स्वरुप स्थानीय बजारमा प्रवेश गरेको थियो । हाल यसको विभिन्न मोडेलहरु लाइनमा छन् । हाल बेलायतमा बीवाइडी इभी, बिवाइडी डल्फिन सर्फ, डल्फिन मिनि, बिवाइडी अट्टो १, बिवाइडी सिगल गाडीहरु सस्तो रुपमा उपलव्ध छन् ।
रिपोर्टअनुसार, बिवाइडीले सन् २०२५ मा गाडीको बिक्रिमा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष जनवरीदेखि अक्टोबरसम्ममा बिवाइडीले बेलायतका १०० खुद्रा स्टोरहरुबाट ३९ हजार १०३ युनिट गाडीहरु बिक्रि गरेको थियो ।
बेलायतमा सबैभन्दा बढी बिक्रि हुनेमा सिल यु डीएम–आई प्लग इन हाइब्रीड एसयूभी हो । अर्को वर्ष बिवाइडीले बेलायतको बजारमा डेन्जा बि ५ अफरोड एसयूभी लन्च गर्ने तयारी गरेको छ ।