नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि सामान्य बढ्यो

Nov 18, 2025 03:07 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ५५ हजार २७७ पटकको कारोबारमा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँबराबरको ९२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।