एनपीएलः काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयाल्सबीच खेल हुँदै

Nov 19, 2025 08:51 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन आज, काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयाल्सबीच खेल हुने भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीच साँझ ४ बजे खेल सुरु हुनेछ।

उद्घाटन खेलमा पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डू गोर्खाजले यस दिन दोस्रो जीतको लागि खेल्नेछ भने पहिलो सिजनको उपविजेता सुदूरपश्चिम आफ्नो विजयी सुरुवातको लागि खेल्नेछ।