Tue, Nov 04, 2025
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज, पुस १ गते, सोमबार, सुदूरपश्चिम रोयाल्स र कर्णाली याक्स बीच हुँदैछ। लिगको २८ औँ खेल आज बिहान सवा ९ बजे शुरु हुनेछ।
६ खेलमा ५ खेल जितेर १० अंकसहित सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहेको छ भने ६ खेलमा ४ खेल जितेको कर्णाली याक्स प्लेअफमा जान आज खेल्दैछ। हालसम्मको अवस्थामा कर्णाली याक्स रन रेटका आधारमा प्लेअफमा पुग्ने देखिन्छ। तर आजको खेलमा पराजित भएमा रनरेटकै आधारमा कर्णाली प्लेअफमा पुग्ने कि नपुग्ने निर्णय हुनेछ। तालिकामा ७ खेल खेलिसकेका चितवन राइनोज र काठमाडौँ गुर्खाज ८ अंक सहित क्रमशः तेस्रो र पाँचौ स्थानमा छन्। चितवनको रनरेट ०.६३४ रन छ भने काठमाडौँको माइनस ०.३२१ छ। कर्णालीले प्लेअफमा जानका लागि आज आफ्नो रनरेट बचाउन आवश्यक छ।
६ खेलमा ५ खेल जितेर १० अंकसहित सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहेको छ भने ६ खेलमा ४ खेल जितेको कर्णाली याक्स प्लेअफमा जान आज खेल्दैछ। हालसम्मको अवस्थामा कर्णाली याक्स रन रेटका आधारमा प्लेअफमा पुग्ने देखिन्छ। तर आजको खेलमा पराजित भएमा रनरेटकै आधारमा कर्णाली प्लेअफमा पुग्ने कि नपुग्ने निर्णय हुनेछ।
तालिकामा ७ खेल खेलिसकेका चितवन राइनोज र काठमाडौँ गुर्खाज ८ अंक सहित क्रमशः तेस्रो र पाँचौ स्थानमा छन्। चितवनको रनरेट ०.६३४ रन छ भने काठमाडौँको माइनस ०.३२१ छ। कर्णालीले प्लेअफमा जानका लागि आज आफ्नो रनरेट बचाउन आवश्यक छ।
विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।