आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवन राइनोजले यस दिन दोस्रो जीतको लागि खेल्नेछ भने लुम्बिनी लायन्स आफ्नो विजयी सुरुवातको लागि खेल्नेछ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल कप्तान रहेको लुम्बिनीमा डार्सी शर्ट, थोमस ड्राका, जोहानस जोनाथन स्मिथ र गुलबद्दिन नैब जस्ता विदेशी खेलाडी रहेका छन् भने चितवनमा रवी भोपारा, डेविड मिलान, सोहेल तन्वीर, सैफ जैबजस्ता खेलाडीहरु छन्।