नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । पछिल्दा दिनमा चाँदीको मूल्य निरन्तर नयाँ उचाई बनाउदै बढेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै बुधबार चाँदीको मूल्यले नयाँ उचाई कायम गरेको हो ।
