राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरित कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो । यसअघि सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सहित तीन उच्च पदस्थलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।