त्यतिमात्र होइन, सिंगो विश्व नै ऋणमा डुबेको र यो ऋणबाट मुक्ति पाउन सम्वन्धित देशहरुको लागि निकै कठिन बन्दै गएको आईएमएफले उल्लेख गरेको छ ।

कोषको पछिल्लो प्रतिवेदनले विश्व अर्थतन्त्र विगतका वर्षहरुको तुलनामा सन् २०२५ मा पहिलेको तुलनामा अझ कठिन चरणबाट गुज्रिएको र आगामी वर्षहरुमा यो जोखिम अझ खराब हुन सक्ने देखाएको छ ।
कोषकाअनुसार सन् २०३० सम्ममा विश्वको कुल सार्वजनिक ऋण विश्वको कुल गार्हस्थ्य उत्पादन –जिडीपी) बराबर हुन सक्छ, जुन कुनै पनि अर्थतन्त्रका लागि ठूलो चिन्ताको संकेत हो ।
कोषका अनुसार विश्वको सबैभन्दा खराब अर्थतन्त्र र कम विकसित देशहरुको तुलनामा विकसित देशहरु नै ऋणको चपेटामा धेरै परेका छन् । जापान, अमेरिका, सिंगापुर, फ्रान्स, बेलायत, बहराइन, बेल्जियम, इटाली, स्पेन, क्यानडा, चीन जस्ता धनी देशहरु ऋणमा पिल्सिएका छन् ।
जापान विश्वको सबैभन्दा बढी ऋणमा डुबेको देश हो । जापानको ऋण कूल ग्राहस्थ उत्पादनको २३० प्रतिशत पुगेको छ, जुन गृहयुद्धले थला परेको र संसारकै अविकसित मध्येको एक सुडानको भन्दा पनि ८ प्रतिशतले बढी हो । जापानको वृद्ध जनसंख्या, स्वास्थ्य सुविधामा बढ्दो खर्च र सुस्त आर्थिक वृद्धिलाई यो अवस्थाको मुख्य कारण मानिएको छ । जापानको कुल ऋण १,०८०.१ अर्ब डलर रहेको छ ।
द्वन्द्वका कारण अर्थतन्त्र तहसनहस भएको सुडान विश्वमा सबैभन्दा धेरै ऋण हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ, जहाँ लगातारको द्वन्द्व, राजनीतिक अस्थिरता र भत्किएको प्रणालीले वित्तीय संकटलाई बढावा दिएको छ । सुडानको ऋण कुल ग्राहस्थ उत्पादनको तुलनामा २२२ प्रतिशत ऋण छ ।
एशियाली मुलुकहरुमध्ये सिंगापुरलाई विकासको हिसाबले निकै अग्रणी मानिन्छ । र, त्यहाँको विकासलाई नेपालजस्ता अविकसित देशहरुको लागि नमुना मानिन्छ । तर सिंगापुर आफैमा भने ठूलो ऋणमा छ । ऋणमा डुबेका देशहरुमध्ये तेस्रो स्थानमा रहेको सिंगापुर कुल ग्राहस्थ उत्पादनको तुलनामा १७६ प्रतिशत ऋणमा डुबेको छ ।
त्यस्तै त्यस्तै कूल ग्राहस्थ उत्पादनको तुलनामा भेनेजुयला र लेवनन १६४ प्रतिशत, ग्रीस १४७ प्रतिशत, बहराईन १४३ प्रतिशत, माल्दिप्स १३२ प्रतिशत, मोजाम्बिक १३१ प्रतिशत र अमेरिका १२५ प्रतिशत ऋणमा डुबेका छन् ।
१०० प्रतिशतभन्दा धेरै ऋण हुने अन्य देशहरुमा सेनेगल १२३ प्रतिशत, फ्रान्स ११७ प्रतिशत, जाम्बिया ११५ प्रतिशत, क्यानडा ११४ प्रतिशत, युक्रेन १०९ प्रतिशत, बेल्जियम १०८ प्रतिशत, काबो भार्डे १०६ प्रतिशत, भुटान १०६ प्रतिशत, श्रीलंका १०१ प्रतिशत र स्पेन सय प्रतिशत रहेका छन् ।
नेपालको उत्तरी छिमेकी देश ९६ प्रतिशत तथा दक्षिणको छिमेकी भारत ८१.४ प्रतिशत ऋणमा रहेको कोषको रिपोर्टमा उल्लेख छ । त्यस्तै पाकिस्तान ७२ प्रतिशत, नेपाल ४५.८ प्रतिशत र बंगलादेश ३६.९ प्रतिशत ऋणमा डुबेका छन् ।
दक्षिण एशियाली देशहरुमध्ये सबैभन्दा धेरै माल्दिप्स र भुटान ऋणमा डुबेका छन् भने सबैभन्दा राम्रो अवस्थामा बंगलादेश र नेपाल रहेका छन् । त्यतिमात्र होइन, विश्वव्यापीरुपमा पनि यी देशहरु थोरै ऋण भएका देशहरु हुन् । जबकी यी दुवै देश दक्षिण एशियाका सबैभन्दा कम विकसित देश मानिन्छन् ।