फाफ डुप्लेसिसको बहुचर्चित खेलमा विराटनगरको हार, लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना

Dec 03, 2025 09:37 PM mero lagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बढाएको छ ।

अन्तराष्ट्रिय क्रिकेटकै सुपर स्टार मानिने दक्षिण अफ्रिकाका फाफ डुप्लेसिसको पहिलो एनपियल खेलमाविराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले ५७ रन बनाए । सुमित महर्जन १०, कप्तान रोहित पौडेल ०, सन्दीप जोरा २४ र दिलिप नाथ १६ रनमा आउट भए । निरोशन डिक्वेला २९ र शेर मल्ल एक रनमा अविजित रहे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवाश भण्डारीले २, २ तथा बसिर अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेल ३ र प्रतिश जिसी ११ तथा जर्ज मुन्से ०, रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।

बलिङमा शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए । यो जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।