विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यातको अनुमति पायो

Dec 04, 2025 11:30 AM merolagani



नेपाल विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यातको अनुमति प्राप्त गरेको छ ।

प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिष्पर्धी बजारमा निर्यात गर्ने भएको हो ।

भारतको डेजीगेन्टेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी(सीईए)ले मंसिर १६ गते निर्यातको अनुमति प्रदान गरेको हो । योसँगै प्राधिकरणले भारतमा मात्र विद्युत् निर्यात परिमाण १२०० मेगावाट पुर्याएको छ । प्राधिकरणले २ वटा आयोजनाको ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ भने हालै बंगलादेशमा सम्पन्न दुइपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी बनेको छ ।