अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँकाे नाेट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने

Dec 04, 2025 03:14 PM MeroLagani



भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपालमा १ सय भारु भन्दा माथिका नोटहरु चलाउन दिने भएको छ । आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा २ हजार दरका नोट छापिएका थिए । सन् २०२३ देखि सो नोट समेत छापिन छोडेको छ । अहिले १ सय दर माथि ५ सय र १ हजार दरका भारतीय नोट चलनचल्तीमा छ । सूचनामा नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने छ।

खुला सीमाना तथा २५ हजार रुपैयाँसम्मको सीमाका कारण नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले १ सय भन्दा माथिको नोट नेपालमा प्रतिबन्धित हुँदा असहज महसुस गर्थे। अब भारत भएर नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको साथै भारतीय पर्यटकलाई पनि नेपालको यात्रा सहज हुनेछ ।