दोस्रो इनिङको अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा उनले लगातार विकेट लिएका हुन् ।
ओभरको पहिलो बलमा ऋषि धवन मिलिन्द कुमारको हातबाट क्याच आउट, ओभरको दोस्रो बलमा विपिन खत्री स्टम्पिङबाट आउट र तेस्रो बलमा आकाश चन्द पनि मिलिन्द कुमारको हातबाट क्याच आउट भएका थिए । यस ओभरको अन्तिम बलमा पनि शाहब आलमले सागर ढकालको विकेट लिए । उनी करण केसीको हातबाट क्याच भएका थिए । त्यसअघि उनले जेसन रोय र किरण ठगुन्नाको विकेट पनि लिएका थिए । समग्रमा यस इनिङमा शाहब एक्लैले ६ विकेट लिए ।
आलमको उत्कृष्ट बलिङको मद्दतमा काठमाण्डूले पोखरालाई १३ रनले पराजित गर्यो । टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सफल भयो ।
योसँगै काठमाण्डूले समूह चरणका ७ खेलमा ५ जितसहित १० अंक जोड्दै प्लेअफमा पुगेको छ ।
काठमाण्डूको जितका लागि भीम सार्कीको आक्रामक ब्याटिङ र शहाब आलमको ह्याट्रिकसहितको ६ विकेट निर्णायक रह्यो ।
पोखराका लागि ऋषि धवनले ३१ बलमा ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन, कप्तान कुशल भुर्तेल २२, जेसन रोय १६ रन, तुतराज दास नौ, एडम रोसिङटन पाँच तथा किरण ठगुन्ना पाँच रन बनाएर आउट भए।
काठमाण्डूका लागि करण केसी, सन्नी पटेल, शाहब आलमले समान दुई विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रनको योगफल तयार पारेको थियो।
काठमाण्डूका लागि ओपनर वेनले ६४ रन बनाए । त्यस्तै भीम सार्की ५५, मिलिन्द कुमारले १३, करण केसीले चार तथा सन्नी पटेलले दुई रन बनाए ।
पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक चार विकेट लिए। उनले आफ्नो स्पेलमा एक मेडन राख्दै १६ रन खर्चे।
कुशल भुर्तेलले दुई विकेट, किरण ठगुन्नाले एक विकेट लिए ।
आजै दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।