सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा

Dec 09, 2025 02:41 PM merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मंगलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताए । उनले यसबारे आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताए । नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था रहने बताए ।

 

उनले भने, ‘धेरै साथीहरुले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’

उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताए ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।