कांग्रेसमा उम्मेद्वार सिफारिस शुरु , झापा १ बाट विश्वप्रकाश शर्मा तथा रोल्पाबाट गगन थापा सिफारिस

Dec 09, 2025 06:19 PM mero lagani



कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र जारीपछि विभिन्न जिल्लाहरुले उम्मेद्वार सिफारिस गर्न थालेका छन्।

त्यसैक्रममा महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ ।

उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । २०७९ को निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

उता अर्का महामन्त्री गगनकुमार थापाको नामा रोल्पाबाट सिफारिस भएको छ ।

एउटामात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा थापासहितको ५ जनाको नाम सिफारिस भएको हो ।

पार्टीको रोल्पा जिल्ला कार्यसमितिले महामन्त्री थापा, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी डा। मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।