सर्वोच्च अदालतले प्राधिकरणमा पुनर्बहाली गर्नुपर्ने आदेश सुनाएको दुई दिनपछि बुधबार शाक्य प्राधिकरणमा हाजिर भएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई हटाएर प्राधिकरणका उपकार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा अतिरिक्त सचिव सरह पद सिर्जना गरी नियुक्त गरिएको थियो ।
आफ्नो पदावधि बाँकी रहँदै हटाइएको भन्दै शाक्यले गत कात्तिक १७ मा सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतको गत मंसिर २२ गते आदेश दिँदै प्रतिशोधपूर्ण ढंगले हटाएको पुनर्बहाली गर्न भनेको थियो ।