भन्सार एजेन्टद्वारा पेन डाउन कार्यक्रम फिर्ता

Dec 10, 2025 01:17 PM Merolagani



भन्सार एजेन्टहरुले विरोधस्वरुप अघि बढाएको पेन डाउन कार्यक्रम फिर्ता लिने निर्णय गरेका छन् । 

भन्सार एजेन्ट महासंघ नेपालले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।

भन्सार एजेन्टहरुले पेशागत हकहित, काम गर्ने सहजता र अन्तराष्ट्रिय व्यापार सहजीकरणमा समेत नराकात्मक असर पुर्याउने वातावरण सिर्जना भएको हुँदा मंसिर २३ गतेदेखि विरोध स्वरुप पेन डाउन गर्दै आएका थिए ।

भन्सार एजेन्टहरुले देशभरका भन्सार कार्यालयहरुमा पेन डाउनलगायतका विरोध कार्यक्रम प्रति भन्सार विभाग र महासंघबीच छलफल भइ सकारात्मक रुपमा महासंघका माग सम्बोधन गर्ने भएकाले पेन डाउन कार्यक्रम फिर्ता लिइएको विज्ञप्तिमा जनाइएको छ ।