एक महिनामा वाणिज्य बैंकहरुको नाफा करिब साढे ४७ प्रतिशत बढ्यो

Dec 14, 2025 01:31 PM Merolagani



वाणिज्य बैंकहरुको खुद नाफा पछिल्लो १ महिनामा करिब साढे ४७ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार यस्तो देखिएको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका २० वाणिज्य बैंकहरुले, कात्तिक महिनासम्ममा १९ अर्ब ३७ करोड रुपैयाँ यस्तो नाफा कमाएको छन्। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४७.३४ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा नेपाल इन्भेष्टेमन्ट मेगा बैंकको नाफा सर्वाधिक १३००.५५ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा ४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले कात्तिक महिनासम्ममा ६३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सबैभन्दा कम नाफा वृद्धिदर भने कुमारी बैंक लिमिटेड रहेको छ। सो बैंकको खुद नाफा पछिल्ला १ महिनामा ११.७१ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले कात्तिक मसान्तसम्ममा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

असोज मसान्तसम्ममा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक इन्टरनेश्नलले भने कात्तिक मसान्तसम्ममा १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ।

कात्तिकको अन्त्यसम्ममा रकमका आधारमा सर्वाधिक नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक रहेको छ। सो बैंकले चालु आर्थिक वर्षको पहिलो ४ महिनासम्ममा २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा समीक्षा अवधिमा ३५.२५ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक पनि ग्लोबल आइएमई बैंक नै रहेको थियो। सो अवधिसम्ममा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

दुई बैंकको नाफा २ अर्बभन्दा बढी, १ अर्बभन्दा बढी कमाउने बैंकको संख्या ७ पुग्यो

कात्तिक महिनाको अन्त्यसम्ममा दुई बैंकको नाफा २ अर्बभन्दा बढी रहेको छ। ग्लोबल आइएमई बैंक र नबिल बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएका हुन्।

समीक्षा अवधिमा १ अर्बभन्दा बढी नाफा कमाउने बैंकहरुको संख्यामा पनि वृद्धि भएको छ। असोज मसान्तसम्ममा १ अर्बभन्दा बढी नाफा कमाउने बैंकहरुको संख्या ५ रहेकोमा कात्तिक अन्त्यसम्ममा ७ पुगेको छ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।