६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2025 09:05 AM Merolagani



पुस ९ गते, बुधबार, ६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, चन्द्रागिरी हिल्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

भोली क्रिसमसको उपलक्ष्यमा सार्वजनिक बिदा भएका कारण यी कम्पनीहरुको आज बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।