ऐतिहासिक उचाईबाट घट्यो सुनको मूल्य, चाँदीले रेकर्ड ब्रेक गर्ने क्रम जारी

Dec 29, 2025 11:02 AM Merolagani



पुस १४ गते, सोमबार, नेपाली बजारमा सुन घटेको छ भने चाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । आईतबारको बजारमा ऐतिहासिक उचाईमा काराेबार भएकाे सुन, यस दिन प्रतितोला ६०० रुपैयाँले घटेको छ। चाँदीकाे मूल्यले भने यस दिन तोलामा ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको साे मूल्य नै हालसम्मको उच्च हो ।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको सो मूल्य नै हालसम्मको उच्च हो । आईतबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो रेकर्डलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।