पुस १७ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, अप्पर हेवाखेला हाइड्रोपावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।