नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो तीन दिनदेखि सुनको मूल्य निरन्तर रुपमा घटिरहेकाे छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
