सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि

Jan 06, 2026 10:48 AM Merolagani



पुस २२ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला ३ हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको हो ।

पछिल्ला दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तरको उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।