अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४.५९ अंक बढेर २६४०.५४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको १०३ पटकको कारोबारमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ ७० पैसाबराबरको ११ हजार ३८७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।