सुन र चाँदी दुबैको मूल्य बढ्यो

Jan 16, 2026 10:56 AM Merolagani



माघ २ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात बिहीबार घटेको सुन र चाँदीको मूल्य यस दिन भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। यो बिहीबारको तुलनामा ७०० रुपैयाँ बढेको हो। बिहीबार यस्तो सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको ५ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य, यस दिन बढेर तोलाको ५ हजार ६४५ रुपैयाँ पुगेको छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।