सुन र चाँदी दुबैको मूल्य बढ्यो

Jan 16, 2026 10:56 AM Merolagani



माघ २ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात बिहीबार घटेको सुन र चाँदीको मूल्य यस दिन भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। यो बिहीबारको तुलनामा ७०० रुपैयाँ बढेको हो। बिहीबार यस्तो सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको ५ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य, यस दिन बढेर तोलाको ५ हजार ६४५ रुपैयाँ पुगेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।