नासा सेक्युरिटीजद्वारा सातदोबाटो प्रहरी वृत्तलाई सहयोगस्वरूप सुरक्षा सामग्री हस्तान्त्ररण

Jan 19, 2026 01:33 PM Merolagani



भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न संरचना तथा धरोहरमा क्षति पुगेपछि निजी क्षेत्रबाट पुनर्निर्माण र सहयोगका पहलहरू भइरहेका छन्। सोही क्रममा नासा सेक्युरिटीजले सातदोबाटो प्रहरी वृत्तलाई आवश्यक सुरक्षा सामग्री सहयोग प्रदान गरेको छ।

आन्दोलनका क्रममा सातदोबाटो प्रहरी वृत्तमा भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै नासा सेक्युरिटीजले १०० थान फ्लोरोसेन्ट ज्याकेट, २ थान बडी–वर्न क्यामेरा तथा १ थान वेब क्यामेरा सहयोगस्वरूप प्रदान गरेको हो।

कम्पनीले कठिन परिस्थितिमा एकजुट भई पुनर्निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै शेयर बजारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाएको छ। सुरक्षित भविष्यका लागि सशक्त प्रहरी संयन्त्र र प्रभावकारी ट्राफिक व्यवस्थापन अपरिहार्य रहेको कम्पनीको धारणा छ।

नासा सेक्युरिटीजले संस्थागत एकताबाट नै देश अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रिय हितका कार्यहरूमा सहकार्य र समर्थन निरन्तर रहने प्रतिबद्धता समेत जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।