नासा सेक्यूरिटीजद्वारा मार्जिन ट्रेडिङ सेवा सुरू

Apr 02, 2026 07:12 AM Merolagani



नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले मार्जिन ट्रेडिङ सुविधा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। नियामक निकायले मार्जिन कारोबार कार्यप्रक्रिया लागू गरेलगत्तै यो सेवा लागू गर्ने नासा सेक्यूरिटीज नेपालकै पहिलो ब्रोकर कम्पनी बनेको छ।

 

मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न शुरु गरेको पहिलो दिनमै, नासा सेक्यूरिटीजले आफ्ना ग्राहकहरूलाई १४ करोड रुपैयाँ बराबरको मार्जिन ट्रेडिङ सुविधा प्रदान गरेको छ। यो उपलब्धिले नासाको नवप्रवर्तनप्रतिको प्रतिबद्धता र नेपालको पूँजी बजार विकासमा नेतृत्वदायी भूमिकालाई स्पष्ट गर्दछ।

मुख्य विशेषताहरू

  • लगानीकर्ताले ३० प्रतिशत प्रारम्भिक मार्जिन राखी कारोबार गर्न सक्नेछन् र बाँकी ७० प्रतिशत रकम नासाबाट उपलब्ध हुनेछ
  • सुविधा रकम रु १० लाखदेखि रु २ करोडसम्म उपलब्ध हुनेछ
  • अवधि १ महिना, २ महिना र ३ महिना
  • ब्याज तथा सेवा शुल्क करिब १ प्रतिशत प्रतिमहिना, लामो अवधिमा छुटको व्यवस्था भएको

जोखिम व्यवस्थापन

  • न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने
  • सम्भार मार्जिन २० प्रतिशत भन्दा कम भएमा मार्जिन कल गरिने
  • नियामक निकायको मार्जिन ट्रेडिङ कार्यबिधि २०८२ पूर्ण रूपमा पालन गर्नुपर्ने

योग्य धितोपत्र

  • मार्जिन कारोबार नेप्सेद्वारा स्वीकृत कम्पनीहरूको सूचीभित्र मात्र गर्न पाइनेछ।

सेवा लिनको लागि प्रक्रिया

  • मार्जिन डिम्याट खाता र मार्जिन ट्रेडिङ खाता खोल्नुपर्ने
  • प्रक्रिया पूरा गरी मार्जिन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने

यस सुविधाको सुरुवातसँगै नासा सेक्युरिटिजले लगानीकर्ताको सहभागिता वृद्धि, बजारमा तरलता अभिवृद्धि तथा लगानी अवसरहरू विस्तार गर्ने लक्ष्य राखेको छ।

थप जानकारीका लागि  ०१५९७००८४




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।