शुक्रबार कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिने

Jan 22, 2026 03:26 PM merolagani



नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । 

पार्टीका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका हुन्।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको हो। भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा रुपमा पार्टी सभापति गगन थापालाई घोषणा गरेर चुनावमा होमिने कांग्रेसले जनाएको छ ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।