इम्पेरमेन्ट चार्ज बढेपछि सिटिजन्स बैंकको नाफा घट्यो, वितरणयाेग्य नाफा पनि ऋणात्मक

Jan 28, 2026 09:00 AM Merolagani



सिटिजन्स लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८३ करोड पुगेको छ। जसका कारण खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा ४४.६८ प्रतिशत घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ।

१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।