किया इन्डियाले चार्जिङ नेटवर्क व्यापक रुपमा बढाउँदै, १५ हजार बढी चार्जिङ टचपोइन्ट पुर्याउन एमओयू

Feb 07, 2026 11:36 AM merolagani



भारतमा प्रतिष्ठित एसयूभी कियाले आफ्नो चार्जिङ नेटवर्कलाई व्यापक रुपमा विस्तार गर्ने भएको छ ।

किया इन्डियाले आफ्नो सार्वजनिक विद्युतीय सवारी(इभी) चार्जिङ नेटवर्कलाई विस्तार गर्न समेत समझदारीपत्र(एमओयू) मा हस्ताक्षर गरेको छ ।

हालै किया इन्डियाले भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडसँग चार्जिङ नेटवर्क विस्तार गर्ने उद्देश्यअनुरुप देशभर १५ हजार बढी चार्जिङ टर्चपोइन्टहरुमा पुर्याउन समझदारीपत्र(एमओयू) मा हस्ताक्षर गरेको हो । कम्पनीले आफ्नो के–चार्ज इकोसिस्टमलाई देशभर विस्तार गर्न यस्तो सम्झौता गरेको जनाएको हो । गोवाको ओएनजीसी एकेडेमी ट्रेनिङ इन्स्टिच्युटमा आयोजित इन्डिया इनर्जी वीक २०२६ को चौथो संस्करणका अवसरमा कम्पनीबीच दुइपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

माइकिया एप र किया इन्डियाको वेवसाइटमार्फत पहुँचयोग्य के–चार्जले ग्राहकहरुलाई चार्जिङ स्टेशनहरु सहज रुपमा पत्ता लगाउन, चार्ज गर्न र शुल्क तिर्नसमेत डिजिटल प्लेटफर्ममार्फत गर्न सकिनेछ । किया इन्डियाको बढ्दो इभी मार्केटलाई मध्यजनगर गर्दै कम्पनीले चार्जिङ पूर्वाधार संरचना समेत विस्तार गर्दै लगेको छ । कियाले पहिलो निमित्त इभी केरेन्स क्लाभिस पछिल्लो पटक विशाल ७ सिटर एसयूभीमा रुपान्तरण भइआएको छ ।

चार्जिङ स्टेशनको विस्तारका विषयमा किआ इन्डियाका बिक्री तथा मार्केटिङका वरिष्ठ उपाध्यक्ष अतुल सूदले बीपीसीएलसँगको यो समझदारीले हाम्रो इभी चार्जिङ पहुँच थप विस्तार भएको बताए ।

उनले भने, “ईभी अपनाउनको लागि सुविधा र आत्मविश्वास महत्वपूर्ण छ। बीपीसीएलसँगको यो साझेदारी मार्फत, हामी स्केलमा चार्जिङ पहुँच विस्तार गरेर हाम्रा ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ व्यावहारिक र तनावमुक्त बनाउँदैछौं । के–चार्ज नेटवर्कलाई सुदृढ पार्नाले किआ ईभी ग्राहकहरूलाई दिगो, भरपर्दो र गतिशिलतासँग जोड्नेछ ।‘




सुन र चाँदीको मूल्यमा दैनिक भारि गिरावट

Feb 02, 2026 11:00 AM

माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।