सुनको मूल्य फेरि ३ लाख नाघ्याे, चाँदी कति पुग्याे?

Feb 04, 2026 11:02 AM Merolagani



माघ २१ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य वृद्धि छ । यस दिन सुनको मूल्य बढेर फेरि ३ लाख रुपैयाँ नाघेको छ । यस दिन सुन प्रतितोला १४ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएकाे छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।