एक सातामा नै २७ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, अझै घट्ला कि बढ्ला, के भन्छन् सुन व्यवसायी ?

Feb 07, 2026 05:33 AM merolagani



पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ ।

यो एक साताको बीचमा मात्रै सुनको मूल्य २७ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत माघ १६ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ २३ गतेसम्म आइपुग्दा २ लाख ९१ हजार रुपैयाँमा झरेको हो । यो साता सुनको मूल्य बढ्नेभन्दा घट्ने क्रम बढेको देखिन्छ ।

महासंघका अनुसार, माघ १८ गते नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँ, माघ १९ गते २ लाख ८६ हजार ६००, माघ २० गते २ लाख ९० हजार ३००, माघ २१ गते ३ लाख ४ हजार ७०० रुपैयाँ, माघ २२ गते २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा माघ २३ गते शुक्रबार पनि सुनको मूल्य ४ हजार २०० रुपैयाँले घटेको छ । त्यसदिन सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियाे । समग्रमा यो साता सुनको मूल्य भारी रुपमा घटेको छ । सुन व्यवसायीहरुका अनुसार, सुनको मूल्य घटेसँगै बजारमा सुनका गरगहना बनाउने ग्राहकको चाप बढेको छ ।

विवाह गर्ने लगनको महिना पनि भएको र मूल्य घटेकाले पनि सुनका गहना किन्न आउनेहरु विस्तार बढ्न थालेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए । उनका अनुसार, विगतका दिनमा मूल्य बढेकाले पनि केही घट्छ कि भन्ने अपेक्षा छ ।

 




सुन र चाँदीको मूल्यमा दैनिक भारि गिरावट

Feb 02, 2026 11:00 AM

माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।