भारतीय कृषि उपजलाई अमेरिकी बजारमा 'जिरो ट्यारिफ', ५०० अर्ब डलरको कारोबार गर्ने लक्ष्य

Feb 08, 2026 01:01 PM merolagani



नयाँ दिल्ली/वासिङ्टन डिसी

भारत र अमेरिकाबीचको व्यापारिक सम्बन्धमा एउटा ठुलो उपलब्धि हासिल भएको छ। भारतीय कमर्स मिनिस्टर पीयूष गोयलले  प्रेस कन्फरेन्समा भारत-अमेरिका व्यापार सम्झौताको फ्रेम वर्क घोषणा गर्दै अबदेखि अमेरिकाले भारतमाथि लगाउँदै आएको अतिरिक्त ट्यारिफ (भन्सार शुल्क) अन्त्य भएको जानकारी दिए।

यस सम्झौताले विशेषगरी भारतीय किसान, माछा पालक र निर्यातकर्ताहरूलाई ठुलो फाइदा पुग्ने देखिएको छ।

सम्झौताका मुख्य बुँदाहरू:

१. कृषि उत्पादनमा जिरो ट्यारिफ: भारतीय कृषि उत्पादनहरू अब अमेरिकामा जिरो ट्यारिफमा निर्यात हुनेछन्। यसमा मसला, चिया, कफी, नरिवलको तेल, काजु, आँप, केरा, भूइँकटहर र च्याउ जस्ता वस्तुहरू समावेश छन्।

२. जिएम फुडमा प्रतिबन्ध: भारतले स्पष्ट पारेको छ कि यस सम्झौता अन्तर्गत जेनेटिकली मोडिफाइड (जिएम) फुडलाई भारतमा प्रवेशको अनुमति दिइएको छैन।

३. भन्सार शुल्कमा भारी कटौती: अमेरिकी बजारमा भारतीय सामानमा लाग्दै आएको ५० प्रतिशत करलाई घटाएर १८ प्रतिशतमा झारिएको छ। साथै, रुसबाट तेल खरिद गरेबापत भारतमाथि लगाइएको २५ प्रतिशत अतिरिक्त ट्याक्स पनि हटाइएको छ।

४. ५०० अर्ब डलरको खरिद योजना: भारतले आगामी ५ वर्षमा अमेरिकासँग कुल ५०० अर्ब डलर बराबरको उत्पादन खरिद गर्ने सहमति जनाएको छ। जसमा इनर्जी प्रोडक्ट्स, एयरक्राफ्ट एण्ड एयरक्राफ्ट पार्ट्स, टेक्नोलोजी प्रोडक्ट्स र कोकिङ कोल समावेश छन्।

५. बजार पहुँच र मेक इन इन्डिया: यो सम्झौताले भारतीय निर्यातकर्ताहरूका लागि ३० ट्रिलियन डलरको अमेरिकी मार्केटको ढोका खोलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो सम्झौताले 'मेक इन इन्डिया' अभियानलाई थप मजबुत बनाउने बताउनुभएको छ।

नन-ट्यारिफ बाधाहरू (नन-ट्यारिफ ब्यारियर्स) हटाइने

दुवै देशले व्यापारमा रहेका नन-ट्यारिफ ब्यारियर्सलाई हटाउने निर्णय गरेका छन्। अमेरिकी मेडिकल डिभाइसेस कम्पनीहरूले भारतमा सामना गरिरहेको प्राइस रेगुलेसन र रजिस्ट्रेसनको ढिलाइ जस्ता समस्यालाई भारतले सम्बोधन गर्नेछ। यसबाट भारतीय अस्पतालहरूले सस्तो र आधुनिक अमेरिकी प्रविधि पाउनेछन्।

त्यस्तै, अमेरिकी आइसिटी प्रोडक्ट्सको आयातका लागि भारतले आफ्नो लाइन्सेन्सिङ प्रोसेसलाई सहज र छिटो बनाउने प्रतिज्ञा गरेको छ।

स्ट्यान्डर्ड्स र टेस्टिङमा सहकार्य 

भारतले आगामी ६ महिनाभित्र केही निश्चित क्षेत्रहरूमा अमेरिकी स्ट्यान्डर्ड्स र टेस्टिङ आवश्यकताहरूलाई मान्यता दिने बारे विचार गर्नेछ। यसले गर्दा अमेरिकामा जाँच भइसकेका सामानलाई भारतमा पुनः टेस्टिङ गरिरहनु पर्ने झन्झट कम हुनेछ, जसले व्यापारको लागत घटाउनेछ।कुन क्षेत्रलाई कस्तो फाइदा?

  • जेनेरिक मेडिसिन्स: भारतीय जेनेरिक फर्मास्युटिकल्सका लागि अमेरिकी बजारमा राम्रो पहुँच र सर्तहरू उपलब्ध हुनेछन्।

  • एमएसएमइज र उद्यमी: साना उद्योग, महिला र युवा उद्यमीका लागि ३० ट्रिलियन डलरको बजार खुला भएको छ।

  • अटो पार्ट्स: केही अटो कम्पोनेन्ट्सका लागि अमेरिकाले विशेष ट्यारिफ रेट कोटा दिनेछ।

  • एयरक्राफ्ट पार्ट्स: अमेरिकी सेक्सन २३२ अन्तर्गत विमानका पार्टपुर्जामा छुट मिल्नेछ।

कृषि र डेरी क्षेत्र सुरक्षित

कमर्स मिनिस्टर गोयलका अनुसार भारतले आफ्नो एग्रि एण्ड डेरी सेक्टरलाई पूर्ण रूपमा सुरक्षित राखेको छ। मकै, गहुँ, चामल, भटमास, पोल्ट्री, दूध, चिज र एथेनोल जस्ता उत्पादनमा अमेरिकालाई कुनै पनि ट्यारिफ छुट दिइएको छैन।

डिजिटल ट्रेड र सप्लाई चेन

दुवै देश डिजिटल ट्रेड, डेटा फ्लो, क्लाउड सर्भिसेज र अनलाइन ट्रेडमा रहेका बाधाहरू हटाउन सहमत भएका छन्। यसबाट भारतीय आइटी कम्पनीहरू र स्टार्टअपलाई अमेरिकी बजारमा काम गर्न सजिलो हुनेछ भने भारतको एआई इकोसिस्टमका लागि अमेरिकी जिपियुज र डेटा सेन्टर उपकरणको आयात सहज हुनेछ।

यो इन्टेरिम ट्रेड एग्रिमेन्ट (आइटिए) भविष्यमा हुने बाइल्याटरल ट्रेड एग्रिमेन्ट (बिटिए) को दिशामा एउटा महत्त्वपूर्ण कदम मानिएको छ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।