कम्पनीका अनुसार २०८२ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको साधारण शेयर २०८२ भदौ ३० गते बाँडफाँट गरिएको थियो। उक्त बाँडफाँट गरिएको कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ९३ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याइएको थियो।

धितोपत्र बोर्डको नियम अनुसार सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने 'लक-इन' व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार २०८२ भदौ ३० मा बाँडफाँट भएको उक्त शेयरको अवधि आगामी २०८२ फागुन २९ गते (मार्च १३, २०२६) मा समाप्त हुनेछ।
'लक-इन' अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूसँग रहेको २ लाख ९३ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।