दोहोरो अंकले घट्दै नेप्से पुनः आयाे २७ सय मुनि, कारोबार रकम भने साढे ११ अर्ब माथि नै

Feb 08, 2026 03:39 PM MeroLagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेर पुनः २७ सय मुनि नै बन्द भएको छ।

आइतबार नेप्से परिसूचक १०.२५ अंक घटेर २६९८.४४ विन्दुमा आइपुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८५अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

नेप्से घटे पनि आइतबार कारोबार रकम भने अघिल्लो दिन भन्दा बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आइतबार भने ३३० स्टकको १ लाख ११ हजार ९७८ पटकको कारोबारमा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँबराबरको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर माई हाइड्रोपावर, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, हिमालयन हाइड्रोपावर ५.३९ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.४९ प्रतिशत बढेको छ । यस दिन कालिन्चोक दर्शनको शेयर सबैभन्दा धेरै ८.९१ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ८.२९ प्रतिशत तथा नारायणी डेभलपमेन्ट बैंक ५.६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखुखोला जलविद्युत कम्पनीकोे करिब साढे ५१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनकिो कारोबार रकम ४७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमुहको परिसूचक ०.०८ प्रतिशत तथा अन्य समूह परिसूचक ०.४६ प्रतिशतले बढेको छ । यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १.३० प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशतले घटेको छ । बैंक, विकास बैंक, वित्त कम्पनी, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुएल फन्ड, निर्जीवन बीमाको उपसमूह परिसुचक भने १ प्रतिशत भन्दा कमले घटेको छ ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।