माईपे वालेटबाट सुबिसु इन्टरनेटको बिल भुक्तानीमा टिभिएसको स्कुटर जित्ने मौका

Feb 08, 2026 05:11 PM merolagani



माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । 

माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको हो । साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ ।

यसका साथै सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ । यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ ।

यसअघि पनि माईपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु प्रस्तुत गर्दै आएको छ । माईपे वालेट प्रयोग गरी मोबाईल टपअप गर्दा ५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नुका साथै हवाई टिकट बुकिङमा, अन्य इन्टरनेटको बिल भुक्तानी, खानेपानी तथा बिजुलिको विल भुक्तानी लगायतका सेवामा समेत विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ ।

 




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।