विश्वकपको रोमान्चक खेलमा नेपाल बेलायतसंग ४ रनले पराजित

Feb 08, 2026 07:03 PM mero lagani



आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाल बेलायतसँग ४ रनले पराजित भएको हो । वानखाडे क्रिकेट स्टेडियममा बेलायतले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन, लोकेश बम र कप्तान रोहित पौडेलले समान ३९–३९ रन बनाए ।


बलिङतर्फ बेलायतका लागि लिम डसनले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि जेकब वेथेलले ५५ रन  र कप्तान हेरी बेकरले ५३ रन बनाए ।

इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।