सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?

Feb 09, 2026 11:07 AM Merolagani



माघ २६ गते सोमबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदी तोलामा २४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा २४० रुपैयाँले बढेको थियो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबारको बजारमा चाँदी तोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।