अर्काे साता शेयर बजार दुई दिन मात्रै खुल्ने

Feb 13, 2026 03:09 PM Merolagani



अर्काे साता सार्वजनिक बिदाका कारण शेयर बजार दुई दिन मात्रै खुल्ने भएको छ।

सातामा सामान्यतया पाँच दिन कारोबार हुने भए पनि अर्काे साता तीन दिन सार्वजनिक बिदा परेकाले कुल दुई दिन मात्र शेयर कारोबार हुने भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवस परेका कारण ती दिन शेयर बजार बन्द रहनेछ।

यसअनुसार, साताभरमा दुई दिन मात्र नियमित समयअनुसार दोस्रो बजार कारोबार सञ्चालन हुनेछ।

शेयर बजारसँगै सार्वजनिक बिदाका दिनमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द रहनेछन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।