पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको घटनास्थलमै मृत्यु

Feb 23, 2026 06:16 AM Merolagani



पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार बिहान करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको हो। सडकबाट करिब ३०० मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान गरिएको छ।

दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन्। घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।