चुनावी माहाेलले अण्डाको खपत बढायाे, फेरि बढ्यो मूल्य

Feb 23, 2026 12:54 PM Merolagani



अण्डाको बजार मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सूचना जारी गर्दै अण्डाको समर्थन मूल्य बढाएको जनाएको हो।

संघका अनुसार आजदेखि लागू हुने गरी एक्सएल अण्डा प्रति क्रेट रु. ४९५, ठूलो अण्डा प्रति क्रेट रु. ४७५ र मिडियम अण्डा प्रति क्रेट रु. ४४५ कायम गरिएको छ। अण्डाको उत्पादन लागत पछिल्लो समय बढ्दै गएकाले किसानहरूले अब लागतभन्दा माथिको मूल्य पाउने अपेक्षा गरिएको संघले जनाएको छ।

गत साता संघले तोकेको मूल्यअनुसार एक्सएल अण्डा प्रति क्रेट रु ४४५, ठूलो अण्डा रु ४२५ र मिडियम अण्डा रु ३७५ रहेको थियो।

हाल देशभर चुनावी प्रचारप्रसार तीव्र भइरहेका कारण अण्डाको खपत बढ्न थालेको र सोही कारण मूल्य समायोजन गर्नुपरेको संघले स्पष्ट पारेको छ।




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।