बोर्डका अनुसार हाल नेपालभर प्रदर्शनरत ६ चलचित्र ‘आ बाट आमा’, ‘कुमारी’, ‘रमिताको पिरती’, ‘विगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’को कारोबार विवरण सार्वजनिक गरिएको हो।
फागुन २ गतेदेखि ९ गते मध्यरातसम्मको बक्स अफिस तथ्याङ्कअनुसार, चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्स अफिसमा उल्लेखनीय रकम कलेक्सन गर्दै अन्य सबै प्रतिस्पर्धी चलचित्रलाई पछि पारेको छ। प्रदर्शनको सुरुआती दिनदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको यस चलचित्रले उल्लेखनीय आम्दानी गर्न सफल भएको हो।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्स अफिस’को आधिकारिक तथ्याङ्कअनुसार चलचित्र ‘आ बाट आमा’ले हालसम्म ४ लाख २३ हजार १ सय ११ टिकट बिक्री गर्दै ११ करोड २४ लाख ६ हजार ९ सय ६९ रुपैयाँ आम्दानी गरेको छ। हाल प्रदर्शनरत अन्य चलचित्रहरूको तुलनामा यस चलचित्रले बक्स अफिसमा अग्रता कायम राखेको छ।

कमाइको सूचीमा दोस्रो स्थानमा रहेको चलचित्र ‘कुमारी’ले १९ हजार ३ सय ७९ टिकट बिक्री गर्दै ६३ लाख २४ हजार ७१ रुपैयाँ संकलन गरेको छ।
त्यसैगरी, तेस्रो स्थानमा रहेको चलचित्र ‘रमिताको पिरती’ले हालसम्म ७ हजार ८ सय ३ टिकट बिक्री गर्दै २५ लाख ५५ हजार ८३ रुपैयाँ आम्दानी गरेको छ। यस्तै, चलचित्र ‘विगुल’ले हालसम्म २ हजार ६ सय ९ टिकट बिक्री गरी ८ लाख ९७ हजार ४ सय १० रुपैयाँ संकलन गरेको छ भने चलचित्र ‘श्री बुकुरो’ले ८ सय ५ टिकट बिक्री गर्दै २ लाख ७२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यसैगरी चलचित्र ‘शिवांश’ले ७ सय ८७ टिकट बिक्री गर्दै २ लाख ६१ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ र सूचीको अन्तिम स्थानमा रहेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कमा उल्लेख भएअनुसार ‘विगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ रिलिजको केही दिनपछि नै प्रदर्शन स्थगित भएका थिए।
यसरी हालको बक्स अफिस प्रतिस्पर्धामा ‘आ बाट आमा’ले स्पष्ट अग्रता कायम राख्दा बाँकी चलचित्रहरू दर्शक तान्ने होडमा संघर्षरत देखिएका छन्।