कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमा २७ लाख ६ हजार ८७९ जना आवेदकले तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले गत फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज अर्थात फागुन ११ गते सम्म आवेदन खुला भएको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।