विगत लामो समयदेखि राष्ट्रिय अर्थतन्त्र सुस्त अवस्थामा छ । राजनीति गतिविधिकै कारण आम नागरिक र निजी क्षेत्र दुवैमा निराशा बढिरहेको छ । यस्तो परिस्थितिमा राजनीतिक दलहरूले अर्थतन्त्रलाई पुनर्जीवित गर्न जनतासमक्ष आर्थिक प्रतिबद्धता गरेका छन् । तर ती प्रतिबद्धताहरू कत्तिको व्यवहारिक र कार्यान्वयन योग्य छन् भन्ने प्रश्न अहिले प्रमुख बहसको विषय हो ।
आगामी निर्वाचनले केवल राजनीतिक नेतृत्व मात्र होइन, देशको आर्थिक दिशा र लगानी वातावरण निर्धारण गर्न आधारसमेत तय गर्ने अपेक्षा गरिएको छ। आजको आर्थिक चुनौतीहरुलाई चिर्दै राजनीतिक दलको नीति तथा कार्यक्रम प्रभावकारी बन्न सक्छ भन्ने विषय पनि मतदाताहरूका लागि महत्वपूर्ण चासो बनेको छ । साथमा शेयर बजारको दीगो विकास हुनेछ भन्ने विषयमा सुधा देवकोटाले लगानीकर्ता दिनेश हुमागाँईसँग गरेको कुराकानीः
अस्थिर राजनीति परिवेशकै कारण अर्थतन्त्रमा सुस्त छ । यस्तो अवस्थामा आम नागरिकले नयाँ तथा पुराना दललाई विश्वास गर्न सकिरहेका छैनन । यस्तो अवस्थामा अबको अर्थतन्त्र कस्तो हुन्छ ?
राजनीति र अर्थतन्त दुबै राज्य शासन प्रणालीका आयाम हुन् । एक अर्का बीचको समन्वय विना सवल सरकारको परिकल्पना गर्न सकिदैन । हामीले प्रजातान्त्रिक प्रणाली अबलम्वन गरेका छौं। देशका राजनीतिक दलका नेता तथा आम नागरिकहरु सबै सवल र सक्षम छन् । प्रजातान्त्रिक प्रणालीमा पारदर्शिता र मिडिया तथा जनताको बीचबाटै राजनीतिक प्रतिवद्धता आउनु पर्ने हो, तर केही राजनीतिक पार्टीहरुले मिडियामा आएर आफ्नो भाबी योजना भन्न डराएका छन् ।
यो लोकतन्त्रको उपहास हो । निर्वाचनका उम्मेदवार र पार्टीहरुले आफ्ना भावी योजनाहरु लिएर जनता र मिडियाको सामना गर्नु पर्ने हो । तर अहिले पारदर्शी र विकल्पको रुपमा आएको राजनीतिक दलले नै जनतासँग सामना गर्न हिच्किचाएको छ । बरु पुराना राजनीतिक दलहरुले मिडियामा आएर आफ्ना योजनाहरु प्रष्ट रुपमा जानकारी गराएका छन् । शेयर बजारले परिपक्क नेतृत्व खोजेको छ । चुनावको मिति नजिक हुँदै गर्दा सूचकमा खासै चहलपहल भएको देखिदैन । जेनजी आन्दोलन पछि लगानीकर्ताको मनोवल कमजोर भएको छ । यसलाई राजनीति दलहरुले उठाउने कदम चाल्नु पर्छ ।

पछिल्लो अवस्थामा राजनीतिक दलहरु रुपान्तरित भएका छन् । यो राजनीति परिवर्तनले अर्थतन्त्रलाई बदल्न के कस्तो व्यवस्था गर्नु पर्छ ?
अहिलेको नेपालको संविधान धेरै ठूलो कसरत गरेर आएको हो । सो समयमा पनि अन्तरिम सरकार खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भएर । संविधान सभा चुनाव भएर आएको हो । माओवादीको १० वर्षको युद्ध बिसाएर आएको हो । अहिलेको अवस्था पनि उस्तै छ ।
राजनीति दलका घोषणा पत्रमा आएको छ । अहिलेको अर्थतन्त्र सुधार गर्ने । उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, विदेशी लगानीलाई नेपालमा ल्याउनेलगायतका कुराहरुलाई जोड दिइएको छ । लगानी गरेपछि नाफा खोज्ने हो । नेपालमा यस्तो मनस्थितिको विकास भएको छ । उद्योगपतीलाई दलालको रुपमा नै व्यख्या गरिएको छ । लगानी गरेपछि नाफा खोज्नु अधिकार हो । यस्तो गरेर लगानीकर्ताको मनोबल गिराउने काम गर्नु हुदैन ।
त्यसैगरी, विदेशी लगानीकर्ताले नाफा कमाएर विदेश लैजान गाह्रो छ । नियामकहरुले अनेक बाधाहरु बनाउने गरेका छन्। यस्ता बाधाहरु हटाउनु पर्छ । राज्यलाई कर तिरेर कमाएको पैसा लैजान गाह्रो भएको छ । कसरी नेपालमा लगानीकर्ताहरु आउछन् । साथै, नियामक निकायमा राजनीति नियुक्त गरिनु हुदैन । लचक नीति लिनु पर्यो । लगानीकर्ताले नाफा गरेमात्र राज्यले राजश्व पाउने हो । समाधानका उपायहरु खोज्दै लगानीको वातावरण बनाएर सहजिकरण गर्नुपर्छ ।
शेयर बजारलाई सट्टेवाजी मात्र नभई उत्पादनशिल बनाउन अबको सरकारले के कस्ता काम गर्नु पर्छ ?
शेयर बजारको कुरा गर्दा, राम्रो प्रतिशेयर आम्दानी भएका कम्पनीहरुमा अहिले पनि सट्टेवाजी छैन । नेप्सेमा सूचीकृत भएका अधिकांस कम्पनीको फण्डामेन्टल कमजोर रहेको छ । ती कम्पनीको प्रतिफल वितरण गर्ने क्षमता छैन । समूह बनाउने सट्टेवाजीमा कारोबार गर्ने परिपाटी छ । यो विकृती बजारमा देखिएको छ ।
त्यसैले नियामक निकायमा राजनीतिक नियुक्ति हुनु भएन । स्वार्थ भन्दा पनि देशका लागि काम गर्ने सोचका व्यक्तिको नियुक्तिमा सरकारले जोड दिनु पर्यो । यदि बजारमा कानुन बिपरित काम भएमा सजायको गर्नु पर्यो । अहिले थिती विधि बिग्रेको छ । त्यसैले बजार सट्टेवाजीको स्वरुपमा कारोबार भएको छ । यदि धितोपत्र बजारमा सवल र सक्षम नेतृत्व भएका सट्टेवाजी बजार मात्रै नभएर पूँजी निर्माण गर्ने राम्रो क्षेत्रको रुपमा विकास हुन सम्भव छ ।
शेयर बजारले अहिलेको राजनीति परिस्थितीलाई विश्वास गरेको छैन । बजारको मनोवल कसरी बढ्छ ?
म युवा अवस्था देखिनै शेयर बजारमा लगानी गरेको हुँ । बजारको आरोह अबरोहरुलाई निकै नजिकबाट नियालेको छु । बजारमा गुमाउने मात्रै होइन । सम्भावना पनि उत्तिकै रहेको छ । विगतमा २-४ सयमा किनेको शेयर ४ हजार भन्दा माथिल्लो मूल्यमा बिक्री गर्न सकिन्थ्यो । सूचीकृत भएको कम्पनी अर्थात बैंक तथा वित्तीय संस्थाको पूँजी कम थियो ।
पछिल्लो समय बैंकमा अधिक तरलता छ । सस्तो दरमा कर्जा पाइएको छ । दोस्रो बजारमा लगानी गर्ने जोखिम लिन सक्नेहरुले नै हो । बजारमा नाफा घाटा दुवै हुन्छ । अहिले बजारको सूचक तल्लो विन्दुमा छ । यदि निर्वाचन पछि स्थिर सरकार बन्यो भने नाफा हासिल गर्न सक्ने अवस्था छ । लगानीको लागि उपयुक्त समय यहि नै हो ।
बाँकी भिडियोमाः