मंगलबार दिउँसो तथा राति गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अर्जुनचौपारी गाउँपालिका–१, जिरोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुलसहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिस थापा समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, बेलौरी नगरपालिका–८ स्थित कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३० मिलिग्रामसहित कृष्णपुर नगरपालिका–३ देखदभुली बस्ने २० वर्षीय दिपेश राना पक्राउ परेका छन्। प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई शंका लागेर जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।
यता धनगढी उपमहानगरपालिका–२ बैजनाथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २९ वर्षीय कनैया चौधरी समेत तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।