घुस रकम सहित यातायातका अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी पक्राउ

Feb 25, 2026 01:37 PM Merolagani



सवारी सरुवा सहमति गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको आरोपमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत र एक बिचौलियालाई अख्तियारले नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले अधिकृत छैटौं अमृत भेटुवालले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा छापा मारेको हो।

अनुसन्धानका क्रममा बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट रु. ११,५०० (एघार हजार पाँच सय रुपैयाँ)घुस लिइसकेको अवस्थामा फेला परेका थिए। उक्त रकम लिएको पुष्टि भएपछि फागुन १२ गते अर्थात हिजो यातायात व्यवस्था कार्यालय, हेटौंडाबाट उनीहरू दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिँदा उनीहरूबाट ३ थान मोबाइल सेटसमेत बरामद गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।