नेप्सेमा नयाँ कम्पनीको शेयर बन्यो लगानीकर्ताको पहिलो रोजाइ

Feb 25, 2026 05:27 PM Merolagani



विगत लामो समयदेखि शेयर बजार साइडवेजमा छ । बजारको यस्तो अवस्थामा नयाँ कम्पनीमा लगानीकर्ताको बढ्दो आकषर्ण देखिन्छ ।

बजारमा पछिल्लो समय सूचीकृत भएका मध्येमा हालै सूचीकृत भएका कम्पनीको शेयर खरिद चाप तुलनात्मक रुपमा धेरै देखिन्छ । नयाँ कम्पनीको कारोबार योग्य शेयर कम रहेको हुन्छ । सोही कारण लगानीकर्ताहरु नयाँ कम्पनीको शेयर खरिद गर्नका लागि लालायित भएका हुन् ।

 

पछिल्ला केही दिन करेक्सन पछि बढ्न थालेको बजारमा पुनः नयाँ कम्पनीहरुमा नै चार्म देखिएको छ । विगत लामो समयदेखि लगानीकर्ताको रोजाईमा नयाँ सूचीकृत कम्पनी नै पर्न थालेका हुन् ।

नेप्सेमा पछिल्लो समय नयाँ सूचीकृत कम्पनीहरूको शेयर मूल्य तीव्र रूपमा बढिरहेको छ । पुराना तथा ठूला कम्पनीहरू अपेक्षाकृत रुपमा बढ्न सकेका छैनन । नयाँ कम्पनीहरूमा कारोबार योग्य शेयर संख्या कम हुनु हो । नयाँ कम्पनीहरुमा सीमित आपूर्ति र उच्च माग बढेको लगानीकर्ताहरु बताउने गरेका छन् ।

त्यसैगरी, अहिलेको अवस्थामा नेप्से सूचक साइडवेजमा छ । बजार केही दिन बढेता पनि दीगो हुन सकेको छैन् । बजार समग्र रूपमा स्पष्ट दिशाबिहीन हुँदा लगानीकर्ता छिटो ‘मुभमेन्ट’ हुने शेयरतर्फ आकर्षित भएको लगानीकर्ता दिनेश हुमागाँईले बताए ।

बैंकको ब्याजदर घटेको छ, बजारमा तरलता पर्याप्त छ । नीतिगत सहजता आएको छ र ब्रोकर मार्फत मार्जिन सुविधा उपलब्ध भएकाले बजारमा थप ऊर्जा आउनुपर्ने समयमा कम सप्लाई भएका अथार्त नयाँ कम्पानी मात्रै चलेका हुन् । पुराना कम्पनीहरुको मूल्यमा खासै उतारचढाब नहुँदा बजार प्रति आम लगानीकर्ताको आत्मविश्वास बलियो भइनसकेको उनको बुझाई छ ।

त्यसैगरी, बढ्दो चुनावी रौनकले लगानीकर्ताको मनोवल बढाउन सकेको देखिदैन । चुनावको समयमा सूचकमा सुधार हुने अपेक्षा गरेका लगानीकर्ता निर्वाचनको मिति नजिक आउँदै गर्दा समेत बजार नियमित प्रकृया अनुसार नै रहेको छ । चुनावले लगानीकर्तामा राजनीतिक स्थिरताको आशा जगाउने र त्यसले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गर्ने अपेक्षा थियो । तर यसपटक निर्वाचनले स्पष्ट राजनीतिक धार नसमातेका कारण लगानीकर्तामा दुविधा देखिएको लगानीकर्ता बताउने गरेका छन् ।

अहिले लगानीकर्ता सचेत छन् । उनीहरुले चुनावको समयमा बजार बढ्छ भनेर आँखा चिम्लेर कारोबार गरेका छैनन । एक त नयाँ–पुराना दलबीचको प्रतिस्पर्धाले स्पष्ट सत्ता समीकरण बन्ने संकेत देखिएको छैन । आगामी सरकारबारे अन्योल कायम रहेको छ । यही कारण लगानीकर्ताहरू “पर्ख र हेर”काे रणनीतिमा बसेका छन् । यसको मतलब चुनाव पछिको परिणाम र सरकारलाई हेरेर मात्रै लगानी बढाउने सोचमा लगानीकर्ताहरु रहेको हुमागाँईले बताए ।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।