गत साता २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Mar 22, 2026 06:53 AM Merolagani



गत साता नेप्से परिसूचक २ प्रतिशत बढेको थियो। अघिल्लो साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से, गत साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।

बलियो ‘ब्रेकआउट’

लामो समयदेखि २८००–२८६० को प्रतिरोध क्षेत्र सामना गरिरहेको नेप्सेले, यस साता सो क्षेत्र ‘ब्रेकआउट’ गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सो क्षेत्रभन्दा माथि बन्द भएको छ। सो क्षेत्र आगामी दिनका लागि टेवा क्षेत्र बनेको छ। उच्च भोल्यूमसहित भएको सो ‘ब्रेकआउट’ एक बलियो ‘ब्रेकआउट’ हो। आगामी कारोबार दिन नेप्से उकालो लागेमा २९९० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिटेस्टको सम्भावना

गत साता बजारमा खरिदकर्ताहरुले आक्रमक तरिकाले शेयर खरिद गरेको देखिन्छ। यो एक बलियो ट्रेण्डको संकेत हो। तर बजारमा लगानीकर्ताहरुमाझ ‘फोमो’ हाबी हुन थालेको पनि देखिन्छ। उच्च अंकको बढाइपछि आगामी दिनमा लगानीकर्ताहरुले नाफा सुरक्षित गर्ने सम्भावना रहेको छ। जसले गर्दा नेप्सेमा ‘रिटेस्ट’ हुने सम्भावना रहेको छ। यद्यपि, नेप्से २८०० विन्दुभन्दा माथि रहेसम्म बजार बुलिश नै रहन्छ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम बलियो रहेको छ। गत साताको अन्तिम कारोबार दिन २१ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। जुन नेप्सेको उच्च भोल्यूममध्येको एक हो। नेप्सेसँगै भोल्यूम बढ्नुले बजारमा लगानीकर्ताहरु पूर्ण रुपमा सक्रिय भएको संकेत गर्दछ। भोल्यूमसँगैको नेप्सेको वृद्धिलाई बलियो वृद्धि मानिन्छ।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको देखिन्छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै रेखाहरुबीचको दूरी फराकिलो हुँदै गइरहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।