गत चैत्र २ गतेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि यातायात व्यवसायीले वैज्ञानिक भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागसमक्ष आग्रह गरेका थिए । विभागले पनि भाडा समायोजन गर्न मन्त्रालयमा सिफारीस गरे पनि मन्त्रालयका तर्फबाट भाडा समायोजन गर्ने विषयमा कुनै निर्णय हुन सकेको छैन् ।
गत चैत्र ५ गते विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार मन्त्रालयमा सिफारिस पठाएको थियो । जसमा १३ वटा सुचकको विगत २०७२ सालदेखि भाडा समायोजन नभएको हुँदा मूल्यवृद्धिका आधारमा सार्वजनिक सवारीतर्फ ११.३३ प्रतिशत, मालबाहक तराइ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशतसम्म भाडा समायोजन गर्न विभागले मन्त्रालयलाई सिफारीस गरेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि पछि भाडा समायोजन नभएको र दैनिक रुपमा व्यवसायीले लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
विभागको सिफारिस उपर मन्त्रालयले हालसम्म कुनै सुनुवाई नगरेपछि महासंघका प्रतिनिधिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईलाई गुहारेका हुन् । मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा आम उपभोक्ताको सेवामा कृयाशील रहेको हुँदा धेरै दिन घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने हुँदा सेवा बन्दु गर्नुपर्ने वा विभागबाट सिफारीस भएबमोजिम भाडा स्वघोषणा गरी भाडा समायोजन गर्ने व्यवसायीको चेतावनी छ ।
यस्तो छ विज्ञप्ति
